Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023

काठमाडौं, ५ माघ २०७९ । प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिए ।

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ ।

उनको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गरे । त्यस्तै एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया
--> -->