Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, १० पुस २०७९ । झापामा आफ्नै जेठाजुको हत्या गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका-४ का ५५ वर्षिय पदम बास्तोला रहेका छन् । बुधबार अन्दाजी ३ः४० बजेको समयमा शिवसताक्षी नगरपालिका-१० टेक्रा स्थित माईखोलाको पूर्व साईडको बगरको डिलको कासघाँरीमा बास्तोला मृत अवस्थामा भेटिएका थिए ।

घट्ना बारे अनुसन्धान गर्दै जाँदा मृतकको आफ्नै भाईको श्रीमती ४८ वर्षिया रनमाया बास्तोला लाई बिहिबार पक्राउ गरिएको जनाइएको छ । पुस ६ गते मंगलबार मृतक बास्तोला सँग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी बुहारी रनमाया बास्तोलाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । पक्राउ पर्नुभएकी  रनमायालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया