Online Bichar
सोमबार, मंसिर १९, २०७९
Monday, December 5, 2022

झापा, ९ असोज २०७९ । प्रदेश-१ सरकारको मुख्य न्याधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त हुनुभएको छ ।

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले बिहिबार राईलाई मुख्य न्यायाधीक्तामा नियुक्त गर्नुभएको हो । ययअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्रीले राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई प्रदेश-१ का प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

मुख्यन्यायाधिवक्ता राइले आइतबार नै पदभार सम्महाल्नुभएको छ । २० वर्षदेखि कानून व्यवसायीको रुममा काम गरिसक्नुभएका नवनियुक्त मुख्य न्यायाधिवक्ता राइले एलएलएमसम्मको अध्ययन गर्नुभएको छ ।

खोटाङको साकेला गाउँपालिका-२ मा स्थायी घर हुनुभएका उहाँ नेकपा एकीकृत समाजवादी पार्टी निकटका कानून व्यवसायी समेत हुनुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया