Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

जेबि खड्का
गौरादह, २३ भदौ २०७९ । गौरादह नगरपालिका वडा नं.८ मा रहेको अरुणोदय आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पाठ्य सामग्री वितरण गरिएको छ। लायन्स एण्ड लियो क्लब अफ स्वीट सिटी दमकले औपचारिक कार्यक्रमका बिच बिहिवार विद्यालयमा अध्यनरत १ सय जना विद्यार्थीहरुलाई कपी, डट, पेन्सिल वितरण गरेको हो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

क्लबका एरिया कोअडिनेटर बिस्वास कास्यपका छोरी अश्रीदा कास्यपको जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई पाठ्य सामग्री वितरण गरेर जन्मदिन मनाएका छन। अश्रीदाको जन्मदिनको अवसरमा केक काटेर खुसियाली मनाइएको थियो।अश्रीदाको जन्मदिन रहेकाले उनलाई सु-स्वास्थ्य दिर्घायु र उत्तरोउतर प्रगतिको कामना गर्दै बिद्यालयका तर्फबाट उपहार दिइएको थियो। बिद्यालयका शिक्षकहरुले अश्रीतालाई उपहार हस्तान्तरण गरिएका थिए।

पाठ्य सामग्री बितरण कार्यक्रमका प्रमुख अतिथि सेमेत रहेका कास्यपले छोरीको जन्मदिनको अवसरमा ग्रामिण क्षेत्रमा रहेका गरिब तथा बिपन्न परिवारका छोराछोरीहरुलाई पठनपाठनमा सहजताका लागि पाठ्य सामग्री बितरण गरेको जानकारी गराए। बिद्यालयमा अध्यानरत बिद्यार्थीहरु बिपन्न परिवारका रहेकाले कास्यपले बिद्यार्थीहरुलाई थप सामग्री बितरण गर्ने जानकारी गराएका छन। क्लबका अध्यक्ष तथा कार्यक्रमका सभापति हरि उप्रेतीले क्लबले बिगत बर्ष देखि सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई सहयोग गर्दै आएको र आउदा बर्षहरुमा पनि सहयोग गर्ने जानकारी गराए।

पाठ्य सामग्री बितरण कार्यक्रममा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।त्यस अवसरमा वडा नं.८ का वडाध्यक्ष गणेश राजवंशी, बिद्यालयका प्रधानाध्यापक झगेन्द्र बहादुर खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए। खुस्बु खातुनले स्वागत मन्तब्य राखेको कार्यक्रममा सरोज नेपालीले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया