Online Bichar
आइतबार, कार्तिक ११, २०८१ | Sunday, October 27, 2024

गौरादह, २२ भदौ २०७९ । झापामा चोरी भएका सामानहरु सहित चोरीमा संलग्न २ जना मानिसहरु लाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-१० र ७ का २२ वर्षिय रितिक कुमार शर्मा र रोशन राजबंशी रहेका् जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उनिहरुले यहि भदौ १ गते अन्दाजी ४ः३० बजेको समयमा भद्रपुर नगरपालिका-७ बिशम टोल स्थितमा राजेन्द्र गिरीको घरबाट कोही नभएको मौका पारी घरकोठा भित्र भएको दराजमा राखेको सुनका गरगहना, मोबाईल तथा नगद समेत गरी अन्दाजी मूल्य दश लाख बराबरको सामानहरु चोरी गरेका थिए । चोरी भएको भन्ने निवेदन आए पश्चात अनुसन्धान गर्दै जाँदा चोरी गरीएका दशी प्रमाण सहित पक्राउ गरी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट जिल्ला अदालत झापामा उपस्थित गराई म्याद समेत लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो।

बरामद भएका सामानहरुः-

१. Redmi कम्पनीको  मोबाईल सेट थान-१ 

२. टुक्रा पारेको अवस्था रहेको सुनको पहेलो रङको चुराको टुक्रा थान-२ (दुई) ।

३. टुक्रा पारेको अवस्थामा रहेको सुनको पहेलो रङको पञ्चरत्नको टुक्रा थान-२ (दुई) । 

४. पहेलो रङको सुनको ब्रास्लेट थान-१ (एक) 

५. कानमा लगाउने पहेलो रङको सुनको रामलिला थान-२ (दुई) ।

६. टुक्रा पारेको अवस्थामा रहेको सुनको पहेलो रङको चन्द्रमाको टुक्रा थान-२ (दुई) ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

                 

तपाईको प्रतिक्रिया