Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, ३१ साउन २०७९ । ट्रकको ठक्करबाट दमकका एक जना स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-४ का ६८ वर्षिय रामजुलुम नायक रहेका छन् । यहि साउन २४ गते अन्दाजी ९ः४० बजेको समयमा दमक नगरपालिका-४ चिया दोकान स्थित पुर्व पश्चीम राजमार्गमा पश्चीमबाट पुर्व तर्फ आउदै गरेको ना.८ ख.३३३३ नम्बरको ट्रकले दक्षिण बाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नं. १-०४-००१ प.२४५५ नम्बरको स्कुटीलाई ठक्कर दिई दुर्घट्ना हुदा स्कुटी चालक नायक घाईते भएका थिए ।

घाइते नायकलाई निम्स अस्पताल दमकमा लगी उपचार पश्चात थप उपचारको लागि विराट नर्सिङ होम विराटनगरमा लगि उपचार भइरहेकोमा आज(मंगलबार) बिहान १० बजे को समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । ट्रक चालक अर्जुनधारा नगरपालिका-५ का ३८ वर्षिय मात्रिका दनुवार र दुवै सवारी साधनहरु इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया