Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

गौरादह, ३१ साउन २०७९ । झापामा बैंकिङ कसुर मुद्धाको फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका१० कि ४० वर्षीया टीकामाया भट्टराई लाई प्रहरीले पक्राउ परेको हो ।

प्रहरीका अनुसार उच्च अदालत विराटनगर इलाम इजलासको २०७९ असार ८ गतेको फैसलाबमोजिम बैंकिङ कसुर मुद्दामा फरार रहेकी भट्टराईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले साउन २८ गते पक्राउ गरेको थियो ।

अदालतले उनलाई २ दिन कैद, २ लाख जरिवाना र पीडित राहत कोषमा ८ हजार जम्मा गर्नुपर्ने सजाय तोकेको छ। पक्राउ परेकी भट्टराईलाई झापा जिल्ला अदालतमा उपस्थित गराई झापा कारागार भद्रपुर कैद भुक्तानका लागि पठाइसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया