Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २९ साउन २०७९ । झापाको गौरीगञ्जबाट प्रहरीले अवैध चिनि बरामद गरेको छ । आईतबार अन्दाजी ८ बजेको समयमा गौरीगञ्ज गाउँपालिका-५ जनता टोलबाट अवैध चिनि बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलिले गौरिगञ्ज गाउँपालिका-५ जनता टोल स्थित मान्छे नबस्ने ग्वालिमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याई लुकाई राखेको अवस्थामा १ लाख ११ हजार रुपैयाँ बराबरको ३१ बोरा (१५५० केजी) चिनि फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथ प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । थप आवश्यक कार्वाहीको लागि उक्त अवैध चिनि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया