Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

गौरादह, २६ साउन २०७९ । झापामा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचिनगर नगरपालिका-६ का ४० वर्षिय चेतनाथ फुयाल रहेका छन् । आज बिहान अन्दाजी ९ः४५ बजेको समयमा मेचिनगर नगरपालिका-६ पूर्व पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक पोष्ट छेउमा पूर्वबाट पश्चिम तर्फ पार्किङको लागी लाँदै गरेको बागमति प्र.०३-००१ ख १६०२ नम्बरको बसले बाटो क्रस गर्दै गरेको पैदल यात्री फुयाललाई ठक्कर दिएको थियो ।

घाईते फुयाललाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा उपचारको क्रममा घाइते फुयालको आज दिउँसो २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । बस र बसको चालक गौरिगन्ज गाउँपालिका-४ का २४ वर्षिय प्रकाश कार्की इलाका प्रहरी कार्यालय काकडभिट्टाको नियन्त्रणमा रहेको साथै उक्त घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया