Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २६ साउन २०७९ । झापामा प्रतिबन्धित लागुऔषध सहित गौरादहका २ जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका-१ का ३३ वर्षिय भिम बहादुर श्रेष्ठ र ३२ वर्षिय मोहन सिलवाल रहेका छन् ।

हिंजो(बुधबार)राती अन्दाजी ८ बजेको समयमा दमक नगरपालिका-९ ईटाभट्टाबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार उनिहरु दुवै जनालाई शंका लागि चेकजाँच गर्दा मोहन सिलवालको साथबाट २५ ग्राम ब्राउन सुगर र नगद १० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । मोटरसाइकल र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता पाठकले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया