Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, २२ साउन २०७९ । झापामा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा-७ कि ६२ वर्षिया लक्ष्मीमाँया कार्की रहनु भएको छ ।

आईतबार अन्दाजी साँझ ५ बजेको समयमा बुद्धशान्ति गाउँपालिका-२ रबरबगान स्थित भित्रि सडक खण्डमा जयपुरबाट शनिश्चरे तर्फ जाँदै गरेको प्र-१-०१-०१५ प २५३४ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल पछाडी सवार कार्कीको टाउकोमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक मृतक महिलाको छोरा ४४ वर्षिय सुमन कार्की सकुशल रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनी झापाको नियन्त्रणमा रहेको छ । घट्नाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया