Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १५ साउन २०७९ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आगामी भदौ ११ र १२ गते गर्ने भएको छ ।

गत २०७८ सालको परीक्षामा सहभागी भएका विद्यार्थीहरूले ग्रेडवृद्धिका लागि पुनः परीक्षा दिन चाहनेमा अनिवार्य अंग्रेजी र अर्को एउटा विषयको पुनः परीक्षा दिन पाउने परीक्षा बोर्डले जनाएको हो । तर, पूरक परीक्षा दिने विषयमा ग्रेड सी वा सो भन्दा कम ग्रेड आएको हुनुपर्ने छ ।

५ सय रुपैयाँ तिरेर आगामी भदौ ५ गतेसम्म आवदेन दिनुपर्ने परीक्षा बोर्डले जनाएको छ । भदौ ११ गते अनिवार्य अंग्रेजी र १२ गते ग्रेड वृद्धि गर्न चाहेको अर्को कुनै विषयको परीक्षा हुने भएको छ ।

गत चैतमा संचालित एसईई परीक्षाको दुई वटा विषयमा अनुपस्थित विद्यार्थीले पनि ती विषयको परीक्षा दिन पाउने परीक्षा बोर्डले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया