Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, १७ वैशाख २०७९ । झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएकी मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी नेपाली काँग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजुली दास निर्विरोध निर्वाचित भएका छन् । उनी दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।

दलित महिला सदस्य निर्विरोध

त्यस्तै तनहुँको देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन्। उक्त वडाको दलित महिला सदस्यमा मनमाया विकको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिइन् । उनले नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएकी हुन् । एकल उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको थापाले बताए ।रासस

 

तपाईको प्रतिक्रिया