Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

काठमाडौं, १४ वैशाख २०७९ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै, सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३१ सय ६५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, विभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुन मन्त्री लगायतका कर्मचारीलाई सैद्धान्तिक अनुमति दिने निर्णण् पनि बैठकले गरेको मन्त्री कार्कीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया