Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २ माघ २०७८ । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको अन्तु भ्याली टी कारखानामा आगलागी भएको छ ।

आगोले कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ।

सूर्योदय नगरपालिकाका दुईवटा वारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दिउँसो तीन बजेदेखि सुरु भएको आगलागीको कारण खुलेको छैन । आगो निभाइसकेपछि मात्र क्षतिको विवरण सङ्कलन गरिने प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया