प्रदिप धमला
गौरादह, ६ पुस २०७८ । नेपाललाई भौगोलिक हिसावले हिमाल, पहाड र तराई गरी ३ भागमा विभाजन गरिएको छ । नेपाल पृथ्वीको उत्तर पूर्वी गोलार्द्बमा चीन र भारतको विचमा ईट आकारमा रहेको छ । यस देशको अक्षांश २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश देखी ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश सम्म फैलिएको छ भने ८० डिग्री ४ मिनेट ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर अर्थात ५६,८२७ वर्ग माईल रहेको छ । जुन क्षेत्रफल वि। सं। २०३६ सालमा कायम भएको थियो । नेपालमा सुगौली सन्धि अघि नेपालको कुल क्षेत्रफल २,०४,५१६ रहेको थियो ।

नेपालले पृथ्वीको कुल क्षेत्रफलको ०.०३ प्रतिशत ओगटेको छ भने एसिया महादेशको ०.३ प्रतिशत क्षेत्रफल ओगटेको छ । नेपालबाट सवैभन्दा नजिक पर्ने समुन्द्र बंगालको खाडी हो जुन समुन्द्री सतहदेखी ११२७ किलोमिटर अर्थात ७०० माईलको दुरीमा रहेको छ । नेपालको पूर्व पश्चिम लम्बाई ८८५ किलोमिटर र चौडाई १९३ किलोमिटर रहेको छ भने अधिकतम चौडाई २४१ र न्युनतम १४५ रहेको छ । यस देश हिमाल, पहाड तराईमा अवस्थित भएको हुँदा यसको सबैभन्दा होचो भू(भाग धनुषा जिल्लाको मुसहरनिया ५९ मिटरदेखी विश्वकै सबै भन्दा अग्लो सगरमाथाको चुली ८,८४८ मिटरसम्म फैलिएको छ । उत्तरमा हिमाली प्रदेश, बीचमा पहाडी प्रदेश र दक्षिणमा तराई प्रदेश रहेकोमा पूर्वका सप्तकोशी सिञ्चित कोशी प्रदेश, बीचमा सप्तगण्डकी प्रवाहीत गण्डक प्रदेश र पश्चिममा कर्णाली बहने कर्णाली प्रदेश रहेको छ । नेपालमा २८ वटा हिमश्रृङ्खलाहरु रहेको छन भने ८००० मिटरभन्दा अग्ला १४ वटा विश्वका हिमाल मध्ये ८ वटा हिमालहरु रहेका छन । ६,००० वा सो भन्दा अग्ला १,३११ वटा चुचुराहरु रहेका छन । नेपालका ६,००० भन्दा बढी नदीनालाहरु, ५३५८ वटा तालहरु, २३२३ वटा हिमतालहरु तथा अनौठा कुण्ड र झरनाहरु रहेका छन । विश्वकै अग्लो घाँटी पूर्वीध्याँचु घाँटी हो भने विश्वकै गहिरो उपत्यका अरुण उपत्यका हो । विश्वकै गहिरो गल्छी भनेर कालीगण्डकीको गल्छिलाई चिनिन्छ । नेपालको उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत र पूर्व, दक्षिण र पश्चिमतर्फ भारतका ५ वटा प्रदेशहरुले घेरिएको भूपरिवेष्ठित देश हो । नेपालको पूर्वी अन्तिम विन्दु ताप्लेजुङ, पश्चिमी विन्दु कञ्चनपुरको दोधारा, उत्तरी विन्दु हुम्लाको चाङ्ला भञ्याङ र दक्षिणी विन्दु झापाको लोदोबारी रहेको छ । नेपालको उत्तरी सिमानामा हिमालय पर्वत, दक्षिण सिमानामा दशगजा क्षेत्र, पूर्वको सिमानामा मेची नदी र पश्चिमी सिमानामा महाकाली नदी पर्दछ । नेपालको क्षेत्रफल भारत भन्दा २२ गुणा, चिन भन्दा ६५ गुणा, र विश्वकै सवैभन्दा ठुलो देश रुसभन्दा ११६ गुणा सानो रहेको छ । भारत र चिन पछी नेपालसँग नजिक सिमाना जोडिएको मुलुक बंगलादेश हो जुन नेपालबाट २७ किलोमिटर दुरीमा रहेको छ भने भुटान नेपालबाट ३२ किलोमिटर दुरीमा रहेको छ । नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशले चीनलाई मात्र र प्रदेश नम्बर २ र ५ ले भारतलाई मात्र छोएको छ भने बाँकी ४ प्रदेशले चीन र भारत दुवैलाई छोएको छ । नेपालको ताप्लेजुङ र दार्चुला जिल्लाले चिन र भारत दुवै देशलाई छोएको छ ।

भारतलाई मात्र छुने १३ वटा जिल्ला रहेका छन भने २५ वटा जिल्लाले भारतलाई मात्र छोएको छ र ३७ वटा जिल्लाले कुनै पनि देशको सिमाना छोएको छैन । नेपालको ३ वटा जिल्ला भक्तपुर, नुवाकोट र लमजुङले आफ्नो अञ्चल सिमाना समेत छुदैंन । नेपाल एसियाको मध्य भागमा अवस्थित भूपरिवेष्ठित देश हो जसलाई गौतम बुद्धको जन्मभुमिको देश तथा तेस्रो धुर्वको देश र लडाकुको देश भनेर भनि चिनिन्छ । नेपालका धेरै किसिममा भाषा तथा धर्म मान्ने मानिस भएता पनि यहा सवैभन्दा धेरै हिन्दु धर्म मान्ने तथा नेपाली भाषा बोल्नेको संङ्ख्या उलेख्य रहेको छ । नेपाल क्षेत्रफलको आधारमा विश्वको ९३ ‍औ ठुलो मुलुमा पनि पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा रहेको गौरिसंकर हिमाललाई आधार मानेर निर्धारण गरिएको हो । यसले ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आभार मानि वि। स। २०४२ वैसाख १ गते देखी मान्यता पाएको हो । नेपालको प्रमाणिक समय ग्रिनहृच मिन टाईम भन्दा ५ घण्टा ४५ मिनेट छिटो रहेको छ । नेपालको भौगोलिक विभाजन हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश गरी तिन तहमा विभाजन गरिएको छ । हिमाली प्रदेश उत्तरमा रहेको छ । हिमाली क्षेत्रमा २८ वटा हिमश्रृखलाहरु रहेका छन । हिमाली क्षेत्र ३,००० मिटरदेखी ८,८४८ मिटरसम्मको उचाईमा फैलिएको छ । हिमालमा २१ वटा जिल्लाहरु रहेका छन भने पहिलो स्तरको नदीको उत्पति वा प्रवाहको सुरुवात रहेको क्षेत्र पनि रहेको छ । यहा अधिकाशं मंगोलियन समुदायका जातिहरुको बाहुल्यता रहेको छ । न्युन ताप्क्रम, अनि न्युन वर्षा र हिमपातका कारण जनजीवन र विकासमा कठिनाई हुने गर्दछ । यस क्षेत्रमा बौद्बमार्गीहरुको बाहुल्यता र गुम्बाहरुको प्रचुरता रहेको छ । यहा पशुपालन, पर्यटन र फलफुल खेतीको सम्भावना रहेको छ । यस क्षेत्रमा लेकाली र हिमाली हावापानी पाईने, लेकाली र टुण्ड्रा वनस्पति पाईने तथा पाँचऔंले, जटामसी, यार्सागुम्बा लगायतका महत्वपूर्ण जडिवुटिहरु पाईने गर्दछ । नेपालको मध्य भागमा पहाडी प्रदेश पर्दछ जुन समून्द्री सतहको ६०० मिटरदेखी ३,००० मिटरसम्म फैलिएको छ । यस क्षेत्रमा ३५ जिल्लाहरु पर्दछन भने उत्तरमा पूर्वदेखी पश्चिममा महाभारत पर्वत सम्म फैलिएको छ । मध्य भूमी, ठुला टारहरु वेसी र उपत्यका यस क्षेत्रमा पर्नुका साथै न्यानो समशितोषण देखि ठण्डा समशितोषण हावपानी पाईन्छ । रहनसहन, भेषभूषा, जाति, धर्म र संकृतिका विविधता रहेको र प्रशासनिक केन्द्रहरु अव्यवस्थित रहेका छन । यस क्षेत्रका मानिसहरु कृषि, पशुपालन, सेवा तथा व्यापार व्यवसायमा संलग्न रहेका छन । नेपालको पहाडी प्रदेशमा आफै जलविद्युतको उत्पादन गरी उर्जा संकटलाई समाधान गर्दै अगाडी बढेको छ । मानवीय बसोबासको लागि स्वास्थकर हावापानी पाइने हुँदा स्वास्थ्यको दृष्टिकोणले उपयुक्त वासस्थान रुपमा समेत पहाडी प्रदेशलाई चिनिन्छ । नेपालको पहाडी प्रदेश समय सापेक्ष रुपमा विकास र समृद्धिको बाटोमा अगाडी बढीरहेको छ । भौगोलिक विकटता तथा धरातलीय अवस्थाले विकास निर्माणमा केही असर गरेको भएतापनि हाल विकास र समृद्धिले गर्दा काम गर्न सहज भएको छ । अरु प्रदेश जस्तै पहाडी प्रदेशले पनि धेरै क्षेत्रमा फड्को मार्ने क्रम जारी छ । त्यसैगरी नेपालको होचो भू(भाग भनि तराई प्रदेशलाई भनिन्छ । जुन समुद्धि सतहको ५९ मिटरदेखी ६०० मिटरसम्म फैलिएको छ । तराई प्रदेशमा नेपालका २१ जिल्लाहरु पर्दछन भने देशको कुल भू(भागको २३ प्रतिशत ओगटेको छ । तराई प्रदेशले नेपालको १७ प्रतिशत भू(भाग ओगटेको छ । नेपालको तराई प्रदेशलाई उद्योगको मुटु भनि चिनिन्छ भने यहा नेपालको ८० प्रतिशत उद्योगहरु यही प्रदेशमा रहेका छन । विभिन्न पर्यटकिय स्थल तथा ठाउँहरुले पवित्र यस प्रदेशमा लुम्विनी, जनकपुरधाम, बन्दिपुर, घोराई तथा सौराह जस्ता पर्यटकिय स्थलहरु रहेका छन । यस प्रदेशमा गर्मी हुने हुँदा रोग तथा महामारीहरुको जोखिम अन्य प्रदेशमा भन्दा बढी रहेको पाईन्छ । बर्षाको समयमा पानी अत्यधिक पर्ने तथा हिमालबाट पहाड हुँदै तराईसम्म बग्ने पानीले गर्दा यस प्रदेशमा बाढीको जोखिम वषैनि हुने गर्दछ । पातलो कपडा तथा प्राय धेरै समय प्रयोग गरिन्छ भने यस प्रदेशमा तिन महिना मात्र अलि बढी चिसो हुने भएको कारण बाक्लो लुगाको पनि प्रयोग गरिन्छ । नेपालको छिमेकी जिल्ला भारतसँग खुल्ला सिमाना रहेको कारण बहुआयमिक नजिकको सम्बन्ध रहेको छ भने भारतीय संस्कृतिको पनि प्रभाव परेको पाईन्छ । सनपाट, कपास, उखुको उत्पादन र औधोगिकीकरण भएको छ भने तराईको केही भू(भागमा चियाको पनि राम्रो खेती भएको पाईन्छ । पछिल्लो समय हिमाल तथा पहाडबाट सुरक्षित बसाई सर्ने पवृतिको कारण हाल तराईमा बसोबास बाक्लो रहेको छ । तराई प्रदेशमा उच्च जनसंङ्या बड्दै गएको छ । शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक बस्तुहरुको प्रभावकारी पहुँचको कारण सुखी जीवन जीउनको लागि तराई प्रदेशमा बसोबास गर्ने कार्य बढेको हो । हाम्रो देश नेपाल विभिन्न प्रदेशमा विभाजन भएको हुनुका साथै यहा धेरै किसिमका जातजाती, भाषाभाषी, संस्कृति र रहनसहनले गर्दा नेपाल विश्वको एक उत्कृष्ट मुलुको रुपमा परिचित भएको छ । विभिन्न किसिमको भौगोलिक बनावटको कारण स्वर्गको टुक्क्रा जस्तै बन्न सफल यस देश नेपालमा ६ वटा अलग अलग ऋतुहरु रहेका छन । यहाको भूगोलले एक किसिमको सुन्दरता प्रदान गरेको छ । हावापानी तथा माटोको कारण अलग अति राम्रो प्रकृतिको भुगोलमा चिनिन सफल भएको छ ।

हामी नेपाली जुन भौगोलिक धरातलमा बसेतापनि हामि विच सदभाब, भाईचारा तथा विश्ववन्धुत्वको भावना जाग्रित भएको पाईन्छ । नेपालको भौगोलिक अवस्थालाई अझ परिस्कृत तथा समय सापेक्ष रुपमा निर्माणको गतीमा अगाडी बढाउनु पर्दछ । हिमाली प्रदेश तथा पहाडी प्रदेशलाई अझ सझाउन सकेमा विकास निर्माणको गतीमा अगाढी लान सकेमा यस क्षेत्रमा पर्यटकिय सम्भावना पचुर मात्रामा हुने गर्दछ । नेपालको भौगोलिक अवस्था हेर्नको लागि भनि लाखौको संङ्ख्यामा विदेशी पर्यटकहरु हाम्रो देश नेपालमा आउने गर्दछन । भौगोलिक सुन्दरताले पनि हाम्रो देश नेपाल धनि रहेको छ । नेपाल सुन्दर हुनुमा भौगोलिक अवस्था नै प्रमुख रहेको छ । भूगोल अनुसारका ताल, झरना तथा नदिहरुले गर्दा भौगोलिक सम्भावना बोकेको यस देश जति घुमे पनि कहिल्यै अघाईदैन । हिमाली प्रदेश र पहाडी प्रदेशमा आफ्नो छुट्टै किसिमको विशेषता रहेको छ जसबाट विदेशी पर्यटकहरुपनि मोहित हुने गर्दछन । खेतिपाती तथा अन्न उत्पादनमा कमी भएतापनि यस प्रदेशमा पशुपालन तथा व्यावसायले यहाका मानिसहरु आत्मानिर्भर बनेका छन । अधिकासं समय चिसो तथा ठन्डी हुने यस प्रदेशमा बाक्लो लुगाको धेरैनै माग हुने गर्दछ । अरु प्रदेश जस्तै तराई प्रदेशको पनि आफ्नै किसिमको विशेषता रहेको कारण यहाको भौगोलिक अवस्था अझै राम्रो रहेको छ । नेपालको अन्न भण्डारको रुपमा पनि चिनिने यस प्रदेशमा अधिकासं ठाउँमा खेतिपानी नै गरिन्छ भने अन्य ठाउँमा उद्योग तथा व्यावसाय पनि गरिन्छ । यसरी नेपाललाई हिमाली प्रदेश, पहाडी प्रदेश तथा तराई प्रदेश गरी तिन प्रदेशमा विभाजन गरी भौगोलिक अवस्थिति बनेको छ । यहाको भौगोलिक अवस्था एक प्रकारले अति नै राम्रो रहेको कारण यस देश सुन्दर तथा शान्त रहेको छ । धरातलीय स्वरुप तथा यहाको विविध विशेषता लोभलाग्दो रहेको छ ।

तपाईको प्रतिक्रिया

Comments