Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

झगेन्द्र खड्का
गौरीगंज, ४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चिएको बताएका छन्। अध्यक्षमा निर्वाचित भएपछि गृह जिल्ला झापामा आएर लिङ्देनले लोकतन्त्र भित्रको बेथीति बिरुद्ध कडा आलोचना गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कमिटी गौरीगंजले वडा नं ४ को नयाँ बजारमा आयोजना गरिएको कम्वल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता लिङ्देनले जनताले मतदान गरि बिजय बनाएका नेताले बिकासको नाममा ठूला स्वरमा भाषण गरेतापनि सोचे अनुसार विकासले गति नलिई भ्रष्टाचार मौलाउदा जनता अहिलेपनि पछाडि परेको बताएका छन्।

ठूला दललाई बिस्वाश गरि जनताले बहुमत दिएपनि शासन सत्ता हातपरेपछी जनतालाई धोका दिदै मुलुकलाई स्मस्यान घाटमा पुर्याएको धारणा रखेका छन्। जनतालाई शुशासनको व्यवस्था गर्न र मुलुकलाई विकासको गतिमा अगाडि बढाउन कांग्रेस र कम्युनिस्टको बन्धनबाट मुक्त हुनु पर्ने बताए।

मुलुकमा भ्रष्टाचार र बिसंगती हाबि हुनुमा जनता नै जिउदो साँची रहेको बताउदै आगामी निर्वाचनमा राप्रपालाई मतदान गरि बिजय बनाउन उनले आग्रह समेत गरेका छन्। जनताको दुःख शुखमा साथ दिदै कम्वल बितरणका लागि सौजन्य गर्ने समाजसेवी नेता लक्ष्मीप्रसाद संग्रौलाले मुलुक रहेमात्र हामी रहने भएकाले मुलुकलाई बिदेशीको हस्तक्षेपबाट जोगाउनु अहिलेको आवश्यकता रहेको बताए।

एउटा मुलुक भित्र नागरिकलाई एउटै शैक्षिक प्रणाली लागू हुनुपर्ने बताउदै मुलुक भित्र अहिले धनी र गरिबले लिने शिक्षा अलग अलग भएको बताएका छन्। पार्टीका केन्द्रीय सदस्य गोपाल पौडेलले जनताले राप्रपालाई मुलुक चलाउने जिम्मा दिएमा जनतालाई धोका नदिने बताएका छन्। त्यस अवसरमा केन्द्रीय सदस्य डा. राजेश गिरी, नि. बर्तमान झापा जिल्ला अध्यक्ष अमर बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए। पार्टीका जिल्ला सदस्य बाबुराजा श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा पार्टीका प्रदेश ५ क सदस्य नन्दराज थापाले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

लक्ष्मीप्रसाद संग्रौलाद्वारा कम्वल बितरण

राप्रपा निबर्तमन केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौलाले झापा क्षेत्र नं – ५ भित्रका गरिब तथा बिपन्न परिवारलाई कम्वल बितरण गरेका छन्। यस क्षेत्र भित्र रहेका बिपन्न परिवारलाई ११ सय थान कम्वल बितरण गर्ने लक्ष्य रहेको संग्रौलाले बताएका छन्। जाडो मौसम सुरु भएसँगै गरिब तथा बिपन्न परिवारका घर आँगनमा पुगेर न्यनो कपडा कम्वल बितरण गरेका छन्। कमल गाउँपालिकाको लखनपुरमा १ सय ५० गौरादह नगरपालिका वडा नं – ८ को बैरातीमा ७० र गौरीगंज गाउँपालिका वडा नं – ४ मा ४ सय घर परिवारलाई कम्वल बितरण गरिसकिएको र अन्य ठाउँमा केही दिन भित्रमा बितरण गरिने संग्रौलाले बताए।

विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रबेश

गौरीगंज गाउँपालिका वडा नं – ४ मा आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रबेश गरेका छन। गौरीगंज गाउँपालिका र गौरादह नगरपालिका भित्रका १ सय जना राप्रपामा प्रबेश गरेको जनाइएको छ। नव प्रबेशीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्यता प्रदान गरि अबिर टीका लगाई स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया