Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ९ असोज २०७८ । उपचार नपाएर नाबालक शिशुको मृत्यु भएपछि आफन्तजनले दमकको एडभान्स अस्पताल तोडफोड गरेका छन्। कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल गाउँपालिका–१ का ११ महिने शिशु कृजन खड्काको मृत्यु भएपछि शनिवार आफन्तजनले अस्पताल तोडफोड गरेका हुन् ।

शुक्रबार उपचारका लागि उनलाई अस्पताल ल्याइएको थियो । उपचारको क्रममै शिशुको एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनलाई बाल रोग विशेषज्ञ डा। अनिल थापाले हेरेका थिए । कोरोना देखिएपछि शिशुलाई अस्पतालमा भर्ना नगरी औषधि दिएर घर पठाइएको थियो। ‘बच्चाको अवस्था सामान्य थियो । यहाँ कोरोना संक्रमित राख्न सक्ने अवस्था थिएन’, उनले छलफलका क्रममा भने, ‘औषधि दिएर घर पठाएको हो ।ु उनको अक्सिजन लेभल पनि ठिक थियो।’
तर, अस्पतालबाट घर पुर्‍याउने बित्तिकै बालकलाई साह्रो भएको मृतकका आफन्त सरोज खड्काले बताए। अवस्था नाजुक भएको बिरामीलाई घर पठाइएको भन्दै उनले डाक्टरको गल्ती रहेको बताए । डाक्टरले घरमा लगाउनका लागि सुई दिएका थिए। स्थानीय स्वास्थ्यकर्मीले उक्त सुई लगाएपछि बालकलाई साह्रो भएको सरोजले बताए।

अस्पतालसँग छलफल गर्दा आफ्ना कुरा राखेर डाक्टरलाई भगाएको भन्दै आक्रोशितले अस्पतालमा ढुङ्गा प्रहार गरेको छन् । ढुङ्गा प्रहारबाट अस्पतालको सिसा फुटेको छ । ढुङ्गा प्रहार गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव शुक्रवारदेखि नै अस्पतालमा राखेर आफन्त आन्दोलित भएका हुन् । हाल अस्पताल प्रशासन , आफन्त बिच इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको छ ।टाइम्स अफ प्रदेशबाट

तपाईको प्रतिक्रिया