Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २४ भदौ २०७८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बिहीबार बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा भएको कार्यक्रममा शर्माले उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले तीनै तहको निर्वाचनमा पार्टीलाई विजय गराउने संकल्पसहित उम्मेदवारी दिएको बताउनुभयो ।

यसअघि युवा नेताहरु गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया