Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ७ असार २०७८ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ जसका कारण देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको भन्दै आज बिहान ६ बजेको मौसम पूर्वानुमानले जारी गरेको सूचना यस प्रकार रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार ७ गते (सोमबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ८ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मति प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बाग्मति प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार ९ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश, बाग्मति प्रदेश र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती :देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बाग्मति प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा र प्रदेश नं १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २, लुम्विनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा र प्रदेश १ का एकरदुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

यस्तै, आज देशका प्रमुख तथा मझौला नदी, कनकाई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य घटबढ हुने तथा सबैमा बहाब सतर्कता भन्दा तलै हुने पूर्वानुमान गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया