Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पूर्वी नवलपरासी, २ असार २०७८ । बाढीले पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका–२ को बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार नारायणी नदीको बाढी बस्ती पसेपछि स्थानीयलाई सारिएको हो ।

त्यसै गरी कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल डुबेका छन् । त्यहाँ फसेकालाई बुधबार बिहान उद्धार गरिएको र उनीहरूलाई नजिकको स्कुल वा सामुदायिक वनको भवनमा सार्ने तयारी भइरहेको प्रहरीले जानकारी दियो । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।कान्तिपुरबाट साभार

 

 

 

तपाईको प्रतिक्रिया