Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, २ असार २०७८ । हाल देशभर मनसुन सक्रिय भएको कारण देशका केहि स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । जसका कारण देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

लगातार केहि दिन यता वर्षा भएको र अझै ३/४ दिन वर्षाको सम्भावना रहेको भन्दै मौसमजन्य बिपद् बाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

यस्तै, आज(बुधबार)बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ ।
२०७८ असार २ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ३ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश न।१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ४ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केहि भू-भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

यसैबीच, हिजो राती सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अकस्मात जलसतह बढी खतरा तह पार गरेकेमा अहिले जलसतह घट्दै गई सतर्कता तहभन्दा तलै रहेकोले तटिय क्षेत्रमा हुनेहरु सतर्कता साथ सामान्य कार्यमा र्फकन सकिने नेपाल बाढी सूचनाले आज(बुधबार)बिहान सूचना जारी गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

आज कालिगण्डकी, भेरी, पश्चिम राप्ती, तिनाउ, बबई लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाब बढ्दो हुने र केहिमा आकस्मिक बहाब भई सतर्कता तह पुग्ने रहेकोले साना नदी तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन हुन अनुरोध गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया