Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

गौरादह, १ असार २०७८ । अविरल वर्षाका कारण यतिबेला मुलुकका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार साँझ नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र पानी बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्र लगायत त्रिवेणी तथा सुस्ताका डुबान हुन सक्ने होचा स्थानमा भोलि मध्यान्न सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, देशभरी मनसुनी वायुको प्रभाव रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र बागमती प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार १ गते (मंगलबार)
राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

२०७८ असार २ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ३ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश न।१ र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केहि भू-भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया