Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, ३० जेठ ।  गौरादह नगरपालिकाको कोहवरा देखि बैगुन्धुरा जोड्ने सडक कालोपत्र गर्न सडक बिस्तार गर्ने कार्य सुरु भए पनि बर्षादले अवरोध गरेको छ। गौरादह नगरपालिका वडा नं – ६ को कोहवरादेखि गौरादह नगरपालिका वडा नं – ९ को बैगुन्धुरासम्म ८ किलो मिटर सडक कालोपत्र हुन लागेको हो। सडक बिस्तार सहित कालोपत्र गर्न धन्दा गहिल कन्ट्रक्सन प्रालि सप्तरीले भ्याट सहित ८ करोडमा ठेक्का लिएको छ।

सडक बिभागबाट गत चैत महिनामा ठेक्काको जिम्मा पाए पनि यही असारमा निर्माण सम्पन्न गर्नु पर्ने ठेकेदार अरुण कुमार यादबले बताए। करिब ३ महिनाको समय मात्र रहेको र बर्षादले समेत छोपि सकेकाले पानी पर्दा काम गर्न समस्या भएको ठेकेदारले बताए। सडकमा माटो भर्नु पर्ने भएकाले माटो ल्याउन र मिलाउन तथा गाडी चलाउन बर्षाले बाधा पुर्याएको उनको भनाइ छ।

कोहवराबाट ग्वालडुब्बा सम्म ३ कि.मि. सडक १० मिटर चौडा र अन्य बाँकी ५ कि.मी. सडक ७.५ मिटर चौडा कालोपत्र गरिने जनाइएको छ। सडक निर्माण कार्यमा निरंतर संचालन गर्दा अहिले सम्म माटो भर्ने कार्य सम्पन्न भएको र करिब १५ सय मिटर ग्राभेल गरिएको ठेकेदारले बताए। सडक निर्माण गर्ने कार्य ३ महिनाको छोटो समय अवधि भएको र त्यही समयमा वर्षादको महिना परेकाले तोकिएको समय भित्र निर्माण सम्पन्न गर्ने संभावना नभएको ठेकेदारको भनाइ छ।

सम्बन्धित निकायबाट ६ महिना समय थप भएमा सहज रुपमा सडक निर्माण सम्पन्न गरिने उनले बताए। बैगुन्धुरा कोहवरा सडक निर्माण कार्य सम्पन्न भएमा आवतजावतमा सहज हुने स्थानीयको भनाइ छ। यस सडकले कोहवराका साथै ग्वालडुब्बा र बैगुन्धुरा बजारलाई जोड्ने महत्वपूर्ण सडक भएकाले कालोपत्र पहिलेनै हुनुपर्ने थियो। ढिलै भएपनि कालोपत्रको काम सुरु भएकोमा गौरादह – ७ ग्वालडुब्बाका नारायण शर्माले खुसी ब्याक्त गरे।

तपाईको प्रतिक्रिया