Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौँ, २४ जेठ २०७८ । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ । दिनेश त्रिपाठी र कञ्चनकृष्ण न्यौपानेलगायतले दायर गरेको रिट सर्वोच्चमा दर्ता भएको हो । यो रिटमा मंगलबार पेशी तोकिएको छ ।
कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै यो विस्तारमा मन्त्री भएकालाई काम गर्न नदिनू र आगामी दिनमा पनि मन्त्रिपरिषद् विस्तार नगर्नू भनेर अन्तरिम आदेश माग गरिएको रिट निवेदक अधिवक्ता न्यौपानेले बताए ।

चुनावी सरकार भएकाले पनि मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको रिट निवेदकको दाबी छ । राष्ट्रपतिले वर्तमान सरकार काम चलाउ नभने पनि संविधानको धारा ७७ को उपधारा ३ अनुसारसरकार कामचलाउ भएको निवेदकहरूले दाबी गरेका छन् । यो उपधारामा लेखिएको छ, ‘उपधारा १ बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेछ ।’

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments