Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

काठमाडौं, १५ वैशाख । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । संशोधित नयाँ विधानमा पार्टीको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्ने भएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नेगरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको छ । त्यस्तै माओवादीको केन्द्रीय कमिटीमा उत्पीडित दलितबाट १५ प्रतिशत सदस्य पुर्याइनेछ ।

साथै प्रदेश जिल्ला र पालिकामा हाल रहेकोमा २ प्रतिशत थप्ने भएको छ भने ४० बर्षका युवालाई २० प्रतिशतको हाराहारीमा सवै कमिटीमा जिम्मेवारी दिनेगरी नयाँ विधान बन्नेछ । माओवादीले अबदेखि सबै समितिको पदाधिकारीमा एक महिला अनिवार्य राख्नेछ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments