Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

झगेन्द्र खड्का
गौरादह, १० बैशाख । झापाको गौरादहमा राष्ट्रिय खाद्य बैंक लि. को उद्घाटन गरिएको छ। गौरादह -७ को दहलुमा उद्घाटन गरिएको खाद्य बैंकको औचित्य माथि प्रकाश पार्दै संस्थाका कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेतीले माटाको परिक्षण गरि किसानहरुको चाहना अनुसारको बालि लगाई उत्पादन बृद्धी गर्ने संस्थाको लक्ष्य रहेको बताए।

कृषि क्रान्तिको सुरुवात गर्ने उदेश्यले स्थापना गरिएको संस्थाले किसानका समस्या समाधान गर्ने बताए। स्थानीय स्तरमा रहेका बिऊ बिजनका साथै पुराना रैथाने बालीहरुको संरक्षण गर्ने संस्थाको लक्ष्य रहेको बताउदै अल्पकालीन मध्यकालीन र दिर्घकालिन योजना बनाई संस्था किसानहरु समक्ष आएको जानकारी गराए।

राष्ट्रिय खाद्य बैंकले गौरादह नगरपालिका वडा नं -२ र ७ मा ३५ बिघा जग्गा लिजमा लिई कृषि अभियान सुरु गरेको बताउदै यस क्षेत्रमा धान बालीलाई प्राथमिकता दिने जानकारी गराए।संस्थाले मुलुक भर २२ जिल्लामा अभियान सुरु गरिसकेको जानकारी गराउदै किसानहरुको चाहना र माटोको अवस्था हेरी खाद्यान्न बालीहरु घान, मकै, गहुँ, गेडागुडी, तरकारी, फलफूल, जडिबुटी,माछा मासु, चिया, कफी लगाएतका बालीहरुलाई प्राथमिकता दिने जानकारी गराए।

माटो तथा बनस्पति बिज्ञ डा. चन्द्र प्रसाद पोख्रेलले यस क्षेत्रको माटो परिक्षणको काम सुरु गरि सकेका छन्। बिज्ञहरुबाट माटो परिक्षण गराई सल्लाह र सुझावका आधारमा बाली लगाई उत्पादित बालीलाई भण्डारणका साथै बिक्रीवितरणको समेत व्यवस्था मिलाउने बताए। देशका ७७ वटा जिल्लामा अभियान संचालन गर्ने लक्ष्य राखेको संस्थाले वातावरण सुधार गर्दै प्रांगारिक मल बनाउने, इकोसिस्टम बचाउने र रोजगारिका अवसर समेत श्रृजना गराउने बताए। पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने मुल नाराका साथ अभियान संचालन गरेको संस्थाले किसानका लागि पर्ख र हेर रहेको छभने संस्थाकालागि चुनौती रहेको धारणा राखेका छन्।केन्द्रीय तवरबाट नै भनाइ र गराईमा तालमेल नमिल्दा किसान निराश भएको बताए।

गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले कार्यक्रमको उद्घाटन गरेका थिए।उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले गौरादह नगरपालिकाको भूमि कृषिका लागि उर्भर भूमि रहेका जानकारी गराए।कृषि क्षेत्रमा लगानी बढाई किसानको जीवन स्तर उकास्न स्थानीय सरकार लागि परेकाले राष्ट्रिय खाद्य बैंकले कृषि क्षेत्रका कार्यक्रम लिएर गौरादहमा आएकाले धन्यवाद समेत दिएका थिए।गौरादह -२ का समाजसेवी तथा किसान डिल्ली सेढाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका उपमेयर गिता भेट्वाल र वडा नं -२ का वडाध्यक्ष हेमन्त कार्कीले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमको संचालन गोपाल प्रसाद कोईरालाले गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments