Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, ९ वैशाख २०७८ । सुनसरीको भोक्राहाका नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । धरानस्थित एक होटलबाट यादवलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआइजी ईश्वरबावु कार्कीले बताए ।

धरान–१३ स्थित भेडेटार जाने बाटोमा रहेको डुकु होटलमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । किशोरीले उनीविरुद्ध जबर्जस्ती करणी विरुद्धको जाहेरी दिएको डिआइजी कार्कीले बताए । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका थिए ।रातोपाटी

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments