Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

झगेन्द्र खड्का
गौरादह, ३ वैशाख २०७८ । नयाँ बर्षको आगमन सँगै मनाइने सिरुवा पर्बमा माहाराज थानमा मेला लाग्न सुरु भएको छ।आदिवासी समुदायहरुले सिरुवा पर्बमा महाराजको पुजा गर्ने गरेका छन्। माहाराजको घर-घरमा पुजा अर्चना गरेपनि माहाराज थानमा गएर सामग्री चढाई पुजा अर्चना गर्ने गरेका छन।परम्परा काल देखि आदिवासी समुदायहरुले मनाउँदै आएको सिरुवा पर्बमा माहाराजको पुजा गर्दा मनोकांक्षा पूरा हुने बिस्वाश रहेको दुधाली माहाराज थान व्यवस्थापन समिति अध्यक्ष रघुनाथ राजवंशी बताउँछन्।

सिरुवा पर्बको अवसरमा दुधाली महाराज थानमा भब्य मेला लागेको छ। दुधाली महाराज थानको एक बिघा जग्गामा लगाइएको मेलामा भक्तजनहरुले माहाराज थान स्थल खचाखच भरिएको थियो। दुधाली मेलामा मेला भर्न भक्तजनहरुको घुइँचो लागेको छ।महाराज थानमा महाराजलाई पुजा गर्ने हरुको पनि भिड लागेको छ। मनोकांक्षा पूरा गराउन भाकल गर्नेहरुले भाकल अनुसारको सामग्री चढाएको माहाराज थान व्यवस्थापन समिति सचिव गंगाराम राजवंशी बताउँछन्।

दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुले हर्षउल्लासका साथ मनाउने सिरुवा पर्वका अवसरमा लाग्ने मेलामा दुधाली मेला सबै भन्दा ठुलो मेला हो। यस क्षेत्रमा दुधालीका साथै बैराती,ग्वालडुब्बा, जुरोपानी, मादलडाँडा, लगाएतका माहाराज थानमा मेला लगाउने गरेका छन् । मेला भर्न गौरादह नगरपालिका भित्रका साथै आसपासका पालिका, मोरङ जिल्ला र छिमेकी मित्रराष्ट भारतको बिहारबाट समेत भक्तजनहरु सहभागी हुनेगरेको माहाराज थान व्यवस्थापन सल्लाहकार समिति संयोजक धनिलाल राजवंशी बताउँछन्।

आदिवासी समुदायहरुले प्रत्येक साल नयाँ वर्षको आगमनसगैं मनाउने सिरुवा पर्वमा तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, ताजपुरिया , थारु, गनगाई, माझी लगायतका आदिबासी समुदायहरुले धुमधाम संग पर्व मनाई मेला भर्ने गरेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments