Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

गौरादह, २६ चैत २०७७ । गौरादह नगरपालिका वडा नं.७ ग्वालडुब्बाको नानाक्चन बाबाधाममा लगाइएको अखण्ड अष्टजाम सम्पन्न भएको छ।अष्टजाम समितिले मंगलबारदेखि संचालन गरेको ३६ घण्टे अखण्ड अष्टजाम बिहिवार सांस्कृतिक कार्यक्रमका साथै झाँकी सहित बिधिवत रुपमा बिसर्जन गरिएको छ।

बिषर्जनमा झाकि सहित भजन गाउदै बाबाधाम परिषरमा राखिएका मुर्तिहरु स्थानीय किष्ण खोलामा सेलाइएको थियो। यस क्षेत्रमा बसोबास गर्ने अधिकांश नागरिकहरुले देवताका रुपमा बिस्वास गरेका नानाक्चन बाबाधाममा बिगत दुई बर्ष देखि अष्टजाम लगाइदै आएको छ। यश बर्ष सहित लगातार तेस्रो पटक अखण्ड अष्टजाम लगाइएको अष्टजाम समिति संयोजक शुलोचना राजवंशीले जानकारी गराइन।

बिगत बर्षहरुमा अखण्ड कृतन बाचन गर्न बढी टोली सहभागी भएपनि यश पटक ७ वटा टोलिले सहभागीता जनाएको अष्टजाम समिति उपाध्यक्ष भुपाल सिंह ताजपुरियाले जानकारी गराए।अखण्ड अष्टजाममा सहभागी टोलीहरुले हर भोला हर भोला भोला भोला हर हर, हर शिव हर शिव शिव शिव हर हर को मुल मन्त्र जपेको अष्टजाम समितिका सचिब अब्दुल राजवंशीले बताए। नानाक्चन बाबाधाममा अखण्ड अष्टजाम संचालन परिषर ओरिपरी शिव पार्बती,राम सीता,हनुमान, गणेश, नानाक्चन बाबा,पशुपति नाथ, काली, राधाकृष्ण लगाएतका मुर्तिहरु राखी सजाइएको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments