Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, २२ चैत २०७७ । नेपाल पत्रकार महासंघले यही चैत २५ गते हुने महाधिवेशनलाई मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासँघले केन्द्रीय प्रतिनिधि तोकिएको हो । तोकिएका केन्द्रीय प्रतिनिधिले एकैदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन सम्पन्न गराउन भुमिका निर्वाह गर्नेछन् ।

प्रदेश नम्बर १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन्।

प्रदेश नम्बर २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरू सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल केन्द्रीय प्रतिनिधि तोकिएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

त्यसैगरि गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल, लुम्विनी प्रदेशमा सचिव थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीलाई केन्द्रीय प्रतिनिधिका रुपमा तोकिएको छ।

कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर सिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मीन वम र श्याम भट्ट तथा उपत्यका प्रदेशमा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइलीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ।

प्रतिष्ठान र एशोसिएट प्रदेशमा थापाकै नेतृत्वमा केन्द्रीय सदस्यहरू टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङलाई जिम्मा दिइएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments