Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

झापा, २० चैत २०७७ । प्रतिबन्धित लागु औषध खैरो हिरोईन सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीले भद्रपुर नगरपालिका-४ स्थित डाँगीवारिबाट बिहीबार राती ८ः३० बजे ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका-१० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोविन्द राजवंशी रहेका छन् । उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments