Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

काठमाडौं ,२८ फागुन २०७७ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश गम्भिर संकटमा परेको बेलामा नेता र दलको भूमिका अपेक्षित नभएको प्रतिक्रिया दिनु भएको छ ।

उहाँले बिहीबार ट्विट गर्दै दलहरु सत्ता प्राप्तिमा लागेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । भट्टराईले यो मुसादौड (सत्ता प्राप्ति) मा जसपा नभएको दावी गर्नु भएको छ ।

भट्टराईले जसपा सत्ताको दौडमा नरहेको दावी गरेपनि जसपा र सरकारबीच सत्ता साझेदारी गर्ने विषयमा औपचारिक र अनौपचारिक वार्ता भइरहेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सत्ता गठबन्धनका विषयमा बिहीबार प्रधानमन्त्रीसँग लामो वार्ता गरेका थिए । जसपा र सरकारबीच सत्तागठबन्धनमा विषयमा आज पनि छलफल हुँदैछ ।

भट्टराइले अदालतको कृपाले अलि(अळि लाज बचेको भएपनि उही म्युजीकल चेयरको खेलमा लाग्नु दुखद भएको बताउनु भयो ।

म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिनेमा दल तथा नेताहरु लाग्नुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया