Online Bichar
शनिबार, फाल्गुण ३०, २०८२ | Saturday, March 14, 2026

दमक,२८ फागुन २०७७ । मोटरसाईकलको ठक्करबाट व्यवसायी इन्द्र भुजेलको मृत्यु भएको छ । दमक-५ स्थित गोर्खा डिपार्टमेन्ट नजिक सडकखण्डमा बिहिबार बेलुका मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खादाँ स्कुटरमा सवार दमक-८ का ५० बर्षिय भुजेलको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक भुजेल दमक-८ मा रहेको इन्द्र साउण्ड एण्ड टेन्ट हाउसका सञ्चालक हुन् । दमकमा रहेर व्यवसाय सञ्चालन गर्दै आउनुभएका भुजेल गौरादह-१ का पुराना व्यवसायी रहनु भएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार दमक-५ स्थित सडकखण्डमा हिंजो वेलुका ९:१० मिनेट जादाँ पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र–१–०१–०१३ प.८७६६ को मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ को स्कुटर एक आपसमा जुधेको थियो । दुर्घटनामा टाउको, अनुहार तथा खुट्टामा चोट लागि सख्त घाईते भएका स्कुटर चालक भुजेललाई दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्युभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गंभीर घाईते भएका मोटरसाईकल चालक दमक-४ का २५ वर्षिय सन्जोक सुन्दासको स्थानीय निम्स अस्पतालमा उपचार हुन नसकि थप उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा पठाईएको प्रनाउ कार्कीले वताए । घाईते सुन्दासको अवस्थामा समेत जटिल भएको बताईएको छ ।

पारीवारीक स्रोतका अनुसार वहाँको शवलाई पोष्टमार्टमका लागि लगिएको जानकारी आएको छ, शवलाई गौरादह-१ को घरमा नै ल्याइने जनाइएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments