Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौँ ,२७ फागुन २०७७ ।   माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनमाथि हमला भइरहेको बताएका छन् ।

नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बिहीबार उनले भने, हामीले संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं । अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन् । तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ ।

त्यसकारण सजग भएर फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको दाहालको भनाइ थियो । विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको उनले बताए । ुयो सँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो ।

पार्टी निर्माणका लागि फेरि अभियान चलाउने र काठमाडौं भन्दा बाहिर अभियानमा बस्ने सोचमा रहेको दाहालले बताए । अहिले युद्धको परिस्थिति नरहेको र शान्तिपूर्ण ढंगले अभियान चलाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

मुलुकको राजनीतिक परिस्थिति जटिल र चुनौतिपूर्ण रहेको दाहालको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षडयन्त्र गरेपछि आफूले त्यसको विरोध गरेको उनले बताए । उनले भने, मैले केपी प्रवृतिसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने देखेपछि म अब फेरि जेल जान पनि तयार मर्न पनि तयार तर यो प्रवृतिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हो ।

 

तपाईको प्रतिक्रिया