Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

वीरगञ्ज , २७ फागुन २०७७ ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताउनुभएको छ ।

प्रेस संगठन नेपाल (ओली) समूहले वीरगञ्जमा आज गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजिनामा दिने जिकीर गर्नु भएको हो ।

राजनीतिक निकास नदिए ताजा जनादेशमा जानुपर्ने अवस्था आउन सक्ने उहाँको भनाई थियो ।

उहाँले अन्य दलसँग सहकार्य र गठनबन्धनको सम्भावना पनि उत्तिकै रहेको बताउनुभयो ।

पोखरेलले पूर्नजीवित नेकपा एमालेले सबै कम्युनिष्ट पार्टीलाई समेटेर अघि बढ्ने बताउनुभयो ।

अर्को एक प्रसंगमा उहाँले वीरगञ्ज नाकालाई सहज बनाउने र वीरगञ्ज पथलैया छ लेन सडकमा देखिएको समस्या समाधान गर्ने आश्वासन पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया