Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

भद्रपुर, १७ पुष २०७७ । भद्रपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । उनको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरीका अनुसार भद्रपुर नगरपालिका-६ स्थित सिकनदर मार्केटमा शुक्रवार बिहान अपरिचित व्यक्ति मृत भेटिएको हो ।

अन्दाजी ४० वर्षीय पुरुष तराई मूलका रहेको वडाका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । मृत भेटिएका पुरुषले हाफ पेन्ट लगाएको र जिउमा लुगा नभएकोले उनको चिसो कारण मृत्यु भएको हुन सक्ने उनको भनाइ छ ।
उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी मेची अस्पताल भद्रपुर पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार बिहीबार एक महिलासहित ती व्यक्ति भद्रपुर आएका थिए । मानसिक सन्तुलन समेत बिग्रिएका उनीहरूले भन्सार अगाडी सडकमा राखिएको टायरमा आगो बाल्ने प्रयास समेत गरेका थिए । त्यसपछि स्थानीयले तिनीहरूलाई त्यहाँबाट भगाएका थिए । पुरुष मृत अवस्थामा भेटिए पनि उनीसँग आएका महिला भने भेटिएकि छैनन् ।

तपाईको प्रतिक्रिया