Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १२ पुष २०७७ । मुलुकभर आज थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ७९ महिला र ३ सय २ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको जनाइएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ३१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय २८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ९ हजार ६ सय ५४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ६९ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ६ हजार ४ सय ९३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३ हजार ७७ जना र संस्थागत आइसोलेसनमा ३ हजार ४ सय १६ जना रहेका छन् ।यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने मुगु र रुकुम पश्चिम कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ३५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५३ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया