Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १९ मंसिर २०७७ । देशभर आज थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४ सय ८४ महिला र ७ सय ८८ जना पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ६ सय ६१ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५ सय ७५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ३१ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १७ लाख ७१ हजार ९ सय ५० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ५ सय ३७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १५ हजार ४ सय ४७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १० हजार ३ सय ९४ जना र संस्थागत आइसोलेसनमा ५ हजार ५३ जना रहेका छन् ।
यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा झापा, मोरंग, काठ्माडौं, भक्तपुर, ललितपुर र कास्की गरी ६ जिल्ला रहेका छन् भने, मनाङ्ग र डोल्पा कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ सय २८ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५४ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया