Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ४ मंसिर २०७७ । पत्रकार मञ्च दमकका उपाध्यक्ष तथा डिजिटल खबर पत्रिका अनलाइन विचारका समाचार संयोजक झगेन्द्र खड्कालाई पितृशोक परेको छ ।

गौरादह नगरपालिका वार्ड नं-२, दहलु निवासी खड्काका बुबा टेकबहादुर खड्काको ८१ बर्षको उमेरमा निजि निवासमा बिहिवार दिउसो ३ः २५ मा निधन भएको हो । स्व. खड्का दुई दिन अगाडि निमोनिया सम्बन्धी रोगको उपचार झापा दमकको आम्दा अस्पतालमा गराइ घरमै स्वास्थ्यलाभ लिईरहेका थिए ।

धनकुटाको तङ्खुवामा वि.सं. १९८६ साल असारमा जन्मिएका सामाजिक तथा धार्मिक व्यक्तित्वका धनी खड्का वि.सं. २०२२ सालदेखि निरन्तर झापा जिल्लामा स्थायी बसोवास गरिरहेका थिए । उनका ८२ वर्षीय एक श्रीमती, ४ छोरा ४ बुहारीहरू, २ छोरी, रहेका छन् ।

उनका छोरा झगेन्द्र खड्का समरूप मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन विचारका समाचार संयोजक र झापाको दमकबाट प्रकाशन हुने पुर्वशन्देश दैनिकमा आबद्ध अग्रज पत्रकार तथा गौरादह नगरपालिका वार्ड नं. ८ स्थित अरुणेदय आधारभुत विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

स्व.खड्काको झापा गौरादह नगरपालिका वार्ड नं.२ स्थित स्थानीय किस्ने घाटमा हिन्दु परम्परा अनुसार भोलि शुक्रवार विहान ८ः३० बजे  दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया