Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

कमल, २७ भदौ २०७७ । कमलगाउँपालिकाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लगाएको निषेधाज्ञालाई केही खुकुलो पार्ने निर्णय गरेको छ । आज राति १२ बजेसम्म जारी भएको निषेधाज्ञालाई अर्को सूचना जारी नहुन्जेल सम्मका लागि केहि खुकुलो बनाउने निर्णय गरेको हो ।

हिंजो गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरिएको कमल गाउँपालिकाको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

निषेधाज्ञा केही खुकुलो भएसँगै दैनिक उपभोग्य सामग्रीहरु खरिद बिक्रि गर्नका लागि बिहान देखि साँझ ४ बजेसम्म मात्र पसल, व्यापार, व्यवसायहरु खोल्न पाइने, व्यवसाय खोल्दा समेत भौतिक दुरी कायम गरि अनिवार्य मास्क तथा स्यानिटाइजर प्रयोग गर्नुपर्ने ।

औषधी पसल नियमित खुला रहने, अति आवश्यकीय सेवा दिन प्रयोग गर्ने साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु चलाउन नपाइने, तर स्वास्थ्य सुरक्षाका विधि अपनाएर सिटि सफारी र टेम्पो सन्चालन गर्दा एकपटकमा एक जना मात्र यात्रु राख्नुपर्ने, निर्माणका कार्यहरु भौतिक दुरी एवं स्वास्थ्य मापदण्डको पालना गरि सञ्चालन गर्न सकिने ।

बैंक तथा वित्तिय संस्था सहकारीहरु नियमित रुपमा सन्चालन गर्न पाइने, सम्पूर्ण प्रकारका भेला जुलुस सभा जात्रा लगायत बढी मानिसहरु भेला हुने कार्यहरु पूर्ण रुपमा बन्द गरिने, पीसीआर का लागि स्वाब संकलन गरिएका व्यक्तिहरु रिपोर्ट नआइन्जेलसम्म होम क्वारेन्टाइनमा नै बस्नुपर्ने लगायतका निर्णयहरु गरिएको छ ।

यदि कसैले उक्त निर्णयको उल्लंघन गरे कारवाही हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments