Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १८ वैशाख । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुवै सदनको बैठक सञ्चालन गर्ने सचिवालयको तयारी छ ।

सोही अनुरुप हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटासँग छलफल गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री ओलीले हिजो नै संसद भवन नयाँ बानेश्वरको स्थलगत अवलोकनसमेत गरेका थिए ।

सामाजिक दुरी कायम गरेर संसद बैठक चलाउने विषयमा स्वयं प्रधानमन्त्री ओलीले चासो राखेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

सरकारले संसद अधिवेशन कहिलेका लागि बोलाउने भन्ने घोषणा नगरे पनि वैशाख २१ गतेसम्म संसद भवनमा गर्नुपर्ने तयारी सक्न संसद सचिवालयलाई आग्रह गरेको छ ।

सचिवालयका अनुसार अब रङ रोगनको काम मात्रै बाँकी छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।

बजेट पेश हुनुभन्दा १५ दिन अगाडि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ ।

नियमावली अनुसार जेठ पहिलो साता नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने हुन्छ । बजेट पेश गर्नुअघि पूर्वबजेट छलफल गर्नुपर्छ ।

पूर्वबजेट छलफलमा सांसदहरुले दिएका सुझावलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउँछ ।इमेजखबर

तपाईको प्रतिक्रिया