Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाण्डौं । उच्चस्तरीय तथा गुणस्तरीय शिक्षाको खोजीमा विदेश जान चाहाने विद्यार्थीहरुलाई परामर्श दिने धेरै संस्थाहरु सञ्चालनमा आएका छन् । यसै बीचमा काठमाण्डौंको पुतलीसडकमा रहेको युनिग्लोव कन्सलटेन्सीको नाम पनि अग्रस्थानमा आउँछ ।

युएसए र अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई २०७० सालबाट युनिग्लोवले निरन्तर परामर्श सेवा दिइरहेको सञ्चालकहरु बताउछन् । करिव ७ जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको कम्पनीको विराटनगर र काठमाडौंको कपनमा समेत शाखाहरु रहेका छन् । त्यस्तै, वुटवल र चितवनमा समेत शाखा विस्तार हुने क्रममा छ । संघीय संरचनाअनुसार १, ३ र ५ नम्बर प्रदेशमा यसले सेवा विस्तार गरिसकेका छ भने अन्य प्रदेशमा पनि विस्तार गर्ने योजनामा छ । विद्यार्थीहरुलाई सही सुझाव र सुचना दिएर परामर्श दिने युनिग्लोव कन्सलटेन्सीको उद्देश्य बताइएको छ ।

विद्यार्थीहरुका लागि अष्ट्रेलिया मुख्य गन्तव्य बनेको छ भने युएसए र युरोपमा जाने विद्यार्थीहरुको संख्या पनि बढेको विभिन्न तथ्यांकले देखाउँछ । गुणस्तरीय शिक्षाको साथै ‘स्टाब्लिस’ हुन सकिने र भविष्य सुरक्षित हुने भएकोले अष्ट्रेलियाको शिक्षा महंगो भएपनि विद्यार्थीहरु त्यसतर्फ आकर्षित भएका हुन् । बेरोजगारीता र राजनीतिक अस्थिरताको कारण पनि विद्यार्थीहरु विदेशिने क्रम बढेको छ ।

अध्ययनका लागि जाने विद्यार्थीले बुझ्नुपर्ने कुरा

कुन देशमा जाने ? किने जाने ? भन्ने कुरामा स्पष्ट हुने र त्यही अनुसारको तयारी तथा डकुमेन्टेसन गर्ने, आफू जाने देशको भाषा, संस्कृति, कलेज तथा युनिभर्सिटीको बारेमा स्पष्ट जानकारी लिने, कानुनी मापदण्ड पु¥याएका कन्सलटेन्सीबाट आवश्यक परामर्श लिई परिवारलाई समेत जानकारी दिने, आफु कस्तो शैक्षिक उद्देश्य बोकेर जाने, कस्ता युनिभर्सिटीबाट ब्याचलर तथा डिग्री लिने र पढिसकेपछि के गर्ने भन्ने विषयमा प्रष्ट हुने, आफ्नो सीप कुन क्षेत्रमा कसरी प्रयोग गर्ने ? कसरी रोजगारी सिर्जना गर्ने र देशलाई के योगदान दिन सकिन्छ भन्ने बारेमा आफ्नो भूमिकाको खोजी तथा अनुसन्धान गर्ने ।

नेपालमा झन्डै तीन हजार कन्सलटेन्सीहरु छन् तर सबैले स्वीकृति लिइसकेको देखिँदैन । राज्यले कन्सलटेन्सीहरुलाई निगरानी बढाएर कस्तालाई स्वीकृति दिने र कस्तालाई नदिने मापदण्ड तयार गरी सबै संस्थाहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ । पछिल्लो समयमा यस क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा कम भएको पाइन्छ ।

अनिवार्य रुपमा शिक्षा मन्त्रालयमा दर्ता गर्नुपर्ने र आवश्यक मापदण्ड पु¥याउनुपर्ने प्रावधान आएपछि सुधार आएको संकेत छ । कन्सलटेन्सीले विद्यार्थीहरुलाई आवश्यक परामर्श दिने मात्रै हो । प्रक्रिया अनुसार कहाँ कति खर्च लाग्छ, सो रकम विद्यार्थीहरुले सिधै बैंकबाटै कारोबार गर्नुपर्छ त्यसैले ठगिने सम्भावना रहँदैन । यस क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउने हामी सबैको जिम्मेवारी हो । कन्सलटेन्सीले दिर्घकालीन सोच राखेर काम गर्नुपर्छ ।

सरकारले रोजगारमुलक तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुले उत्पादन गरेका जनशक्तिको लागि दक्षताअनुसारको शिक्षा नीति ल्याउनुपर्छ । रोजगारीको सम्भावना र लगानीको वातावरण हुने हो भने बाहिरिएका अधिकांश विद्यार्थीहरु स्वदेश फर्कन्छन् । ‘जसरी भए पनि विदेश जाने’ भन्ने सोच सबैले क्रमशः परिवर्तन गर्न अवस्यक छ । तथापि सही सूचना विद्यार्थी र अभिभावकसम्म पु¥याउनु आवश्यक छ । त्यस्तै, नेपालका युनिभर्सिटीहरुमा पनि विदेशी विद्यार्थीहरु अध्ययनका लागि आउने सम्भावना छ तर राज्य र व्यवसायीले समन्वय गर्नुपर्छ ।

साथै अध्ययनका लागि बाहिरिएको विद्यार्थीहरुको तथ्यांक सरकारसँग छ तर उनीहरु फर्किएको तथ्यांक कसैसँग छैन । यस विषयमा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
पछिल्लो समयमा विद्यार्थीहरु विदेश जाने ‘ट्रेन’ चलेको छ । देखासिखीमा विदेश जाने बढी छन् । छोराछोरी विदेश गएको परिवारप्रति समाजको दृष्टिकोण नै फरक छ । त्यसैले अभिभावकहरु छोराछोरीलाई कहाँ र किन पठाउने भन्ने कुरामा स्पष्ट हुनुपर्छ र उनीहरुलाई सही मार्गनिर्देश गर्नुपर्छ ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको लागि डकुमेन्ट र फाइनान्सियल गरि यी दुई पाटो महत्वपूर्ण छन् । डकुमेन्ट अन्तर्गत शैक्षिक र भाषाको प्रमाणपत्र चाहिन्छ । यसका लागि आइएलटियसको कक्षा युनिग्लोबले आफै सञ्चालन गरेका छ । विद्यार्थी र अभिभावकलाईसाथै राखेर परामर्श दिने तथा सर–सल्लाह गर्ने गरेको छ ।

विद्यार्थीहरुलाई आफुले सिकेको सीप प्रयोग गर्ने गरि परामर्श दिने र उनीहरुमा आत्मविश्वास पैदा भएपछि मात्रै प्रक्रिया अगाडि बढाउने गर्नु उपयुक्त हुन्छ । विद्यार्थीहरुले चाहेअनुसारको सेवा यस कन्सलटेन्सीले दिएको सञ्चालकहरु बताउछन् ।

तपाईको प्रतिक्रिया