Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

बिबश बलिभद्र कोइराला 

युवती घडामा जल भर्न लागे
थियो जादु जलमा र त छर्न लागे
देखे शरिरमा चडेको जवानी
ती ईत्रिएका कृडा गर्न लागे
शिकरले रुझेका शुक भित्रबाट
जवानी यो मेरो मन हर्न लागे
करायो वनेली कतै दुर बाट
ती झस्केर पोथ्रा तिर सर्न लागे
म चुपचाप सुसेल्दै गएँ पास बाट
ती अाँखा उठाइ उतै तर्न लागे।
(विश्व कविता दिवस र
 श्रृङ्गारिक सृजना)
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments