Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

डा. सुरभी अर्याल

१३ साउन

झाडावान्ता

वर्षा याममा असावधानीवस दूषित खानेपानी प्रयोग हुँदा बालबालिकालाई झाडाबान्ताले सताउँछ । यस्तो समस्याबाट जोगिन पानीलाई उमालेर मात्र पिउनुपर्छ ।

हैजा

फोहोर पानीका कारण हैजा लाग्छ । यस्ता बिरामीको दिसा पातलो तथा सेतो हुन्छ भने बिमारी शिशु छिट्टै सिकिस्त हुन्छ । खाना खानुअघि र दिसा गरेपछि राम्रोसँग हात धुनुपर्छ ।

मलेरिया तथा डेंगु

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग वर्षा यामका बेला ठाउँ–ठाउँमा जमेको पानीका कारण देखा पर्छ । यसबाट जोगिन पानी जमेका खाल्डाखुल्डी पुरिदिनुका साथै घर वरपर सफा राख्नुपर्छ । बालबालिकालाई पुरै बाहुला भएको पहिरन लगाइदिनुपर्छ भने लामखुट्टेबाट जोगिने उपायहरू अवलम्बन गर्नुपर्छ ।

टाइफाइड तथा जन्डिस (हेपाटाइटिस ए, ई)

यी रोग पनि दूषित पानीका कारण हुने रोग हुन् । त्यसैले पानी उमालेर मात्र पिउनुपर्छ । खुला ठाउँमा बेच्न राखिएका खानेकुरा खानु हुँदैन । टाइफाइड तथा हेपाटाइटिस एको भ्याक्सिन लगाउनु पर्छ । यी रोग बढी मात्रामा तीन वर्ष माथिका बालबालिकामा देखा पर्छन्, त्यसैले यो मौसममा उक्त उमेरका बालबालिकाको स्याहार बढी गर्नुपर्छ ।

छालाको एलर्जी

लामो समयसम्म शरीर भिज्यो भने फंगल इन्फेक्सन (दाद)  हुने सम्भावना हुन्छ । त्यसैले भिज्नासाथ शरीर पुछेर सुख्खा बनाउनुपर्छ ।

स्क्रब टाइफस

यो रोग माइट भन्ने कीराको टोकाइबाट सर्छ । यो रोग लाग्दा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा रातो एलर्जी जस्तो दाग आउने आदि हुन्छ । यसबाट जोगिन पूरा बाहुला भएका पहिरन लगाउनुपर्छ भने जंगल तथा झाडी भएका ठाउँमा जानु हुँदैन ।

भाइरल ज्वरो, रुघाखोकी, दम जस्ता भाइरल ज्वरो पानी पर्ने मौसममा बढी देखा पर्छन् । यस्तो बेला फलफूल तथा तरकारी बढी मात्रामा ख्वाउनुपर्छ भने झोल कुरा पनि उत्तिकै ख्वाउनुपर्छ । पानी उमालेर मात्र पिउनुपर्छ । बाटोमा खुला राखिएका खानेकुरा तथा आइसक्रिम खान दिनु हुँदैन । राम्रोसँग हात धोएर मात्र खानेकुरा ख्वाउनुपर्छ ।

तपाईको प्रतिक्रिया