काठमाडौं, २८ असोज २०८३ । मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेललाई संसदीय समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ ।
बुधबारको समितिको बैठकले खरेलको नाम सर्वसम्मत अस्वीकृत भएको हो । उनको सुनुवाइ बुधबार नै भएको थियो ।
निर्णय क्रममा सांसदहरूले उनलाई राजदूत बनाउन नसकिने मत राखेका थिए ।
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेको थियो ।
त्यस्तै, साउदीका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनुवारलाई पनि अस्वीकृत गरेको छ ।





