Online Bichar
बिहिबार, आश्विन २९, २०८३ | Thursday, October 15, 2026

काठमाडौं, २८ असोज २०८३ । साउदीका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ ।

बुधबार बसेको संसदीय समितिको बैठकले गिरीलाई राजदूत नियुक्तिका निम्ति अनुमोदन गर्न अस्वीकार गरेको हो ।

असोज २ गतेको मन्त्रिपरिषद् बैठकले गिरीलाई राजदूतमा सिफारिस गरेको थियो । सुनारमाथि एक महिलामाथि हिंसा गरेको, आर्थिक लेनदेनको उजुरी परेको थियो ।

सुनुवारले ती युवतिसँग प्रेम सम्बन्धमा रहेको, सम्बन्धमा रहँदा ती महिलाले नै बच्चा जन्माउने प्रस्ताव राखेको समितिमा बताए । उनले आफूहरुबीच फोनमा भनाभन भएको तर महिला हिंसा नगरेको दाबी गरेका थिए ।

सांसदहरूले उनलाई नाम फिर्ता लिन आग्रह गरेका थिए । समितिले अस्वीकार गर्नुभन्दा आफैँ फिर्ता लिन आग्रह गरे । समितिले उनको नाम अस्वीकृत गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया