Online Bichar
बुधबार, आश्विन २८, २०८३ | Wednesday, October 14, 2026

काठमाडौं, २८ असोज २०८३ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रमा मंगलबार राति गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ, भने ६ जनाको सकुशल उद्धार गरिएको बीबीसीमा समाचार प्रकाशित गरिएको छ ।

घटनाबारे जानकारी दिँदै जिल्लाकी प्रमुख जिल्ला अधिकारी (डिएम) वर्षा सिंहले भनिन्, ‘सूचना पाएलगतै प्रशासनले तुरुन्तै उद्धार कार्य सुरु गरेको थियो। खोजी तथा उद्धारका क्रममा १३ वटा शव निकालिएको छ, जसमा ९ बालिका र ४ बालक रहेका छन्। उनीहरू सबैको उमेर १५ वर्षभन्दा कम रहेको छ।’

सिंहका अनुसार ६ जनाको भने सकुशल उद्धार गरिएको छ, जसमध्ये २ जना वयस्क र ४ जना बालबालिका छन्। उद्धार गरिएका सबैको पटनास्थित एनएमसीएच अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको छ।

जिल्ला प्रशासनले यसअघि नै सूर्यास्तपछि नदीमा डुंगा सञ्चालन गर्न निषेध गर्दै कडा निर्देशन जारी गरिसकेको डिएम सिंहले बताइन्। दुर्घटनाग्रस्त डुंगा निजी स्वामित्वमा दर्ता भएको पाइएकाले डुंगा धनीमाथि कडा कानुनी कारबाही अगाडि बढाइने उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया