Online Bichar
बुधबार, आश्विन २८, २०८३ | Wednesday, October 14, 2026

काठमाडौं, २८ असोज २०८३ । नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन् ।

नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो ।

अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

यसअघि दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो ।

 

तपाईको प्रतिक्रिया