Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

काठमाडौँ, ४ असोज २०८३ । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार अमेरिका प्रस्थान गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन उनी अमेरिका जान लागेका हुन्।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।

यस पटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ।
यसैबिच परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार बेलुकी अमेरिकाको न्युयोर्क शहर प्रस्थान गरिसकेको छ।

परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।

तपाईको प्रतिक्रिया